देश

यी हुन मन्त्रिपरिषद बैठकका निर्णयहरु (पूर्णपाठसहित)

काठमाडौं। मन्त्रिपरिषद्का दुई वटा बैठकको निर्णय सार्वजनिक भएको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषद्को दुई वटा बैठकको १५ वटा निर्णय सार्वजनिक भएको हो ।

फागुन २८ गतेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २० देखि २३ सम्म जर्जियाको तिबिलिसीमा आयोजना हुने एसियाली विकास बैंकको ५७औं वार्षिक बैठकमा सहभागी हुन अर्थ मन्त्री नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै, कालीगण्डकी रिडी १३२ केभी प्रसारण लाइन आयोजनाको लागि जग्गा प्राप्ति गर्न क्षतिपूर्ति निर्धारण समितिको अध्यक्ष र सदस्य तोक्नेसमेत निर्णय भएको छ ।

त्यस्तै सरकारले हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बिमा व्यवस्था गर्ने सम्बन्धी विधेयक तर्जुमा गर्न स्वीकृती प्रदान गरेको छ ।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न मंगलबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता रेखा शर्माले पर्यटन मन्त्रालयको प्रस्तावमा उक्त विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय भएको जानकारी दिइन् ।

त्यस्तै कोरियामा चैत्र २८ गते हुन गइरहेको राष्ट्रिय सभा चुनावको पर्यवेक्षणमा निर्वाचन आयोगका आयुक्त सुगुन शमशेर जबरालाई सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।

त्यस्तै बैठकले मन्त्रिपरिषद् कार्यालयका सचिव एकनारायण अर्याललाई गृह मन्त्रालय र गृह मन्त्रालयका सचिव दिनेश भट्टराईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गर्ने गरेको छ भने संयुक्त राष्ट्रसङ्घका मानव अधिकार परिषद् र सामाजिक तथा आर्थिक परिषद्को सदस्य पदमा नेपालका लागि उम्मेदवारी पेस गर्न परराष्ट्र मन्त्रालयलाई स्वीकृति दिने निर्णय पनि गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *