देश

काठमाडौं उपत्यकासहित देशभर आंशिक बदली, एक-दुई ठाउँमा हल्का हिमपातको सम्भावना

काठमाडौं । आज काठमाडौं उपत्यकासहित देशभर पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली भएपनि बाँकी भूभागको मौसम सफा रहनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसाल हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिकमात्रै प्रभाव छ ।

बिहीबार विहान कर्णाली प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ ।

दिउँसो पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका एक दुई स्थानमा भने हल्का हिमपातको सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *