देश

विद्यार्थीलाई न्यानो कपडा वितरण

नुवाकोट । नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर १३ का विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

चिसो निकै बढेपछि ‘यशोदादेबि भगवान् सिह के सी मेमोरियल ट्रस्टको समन्वयमा अमेरिका को क्यालिफोर्निया स्थित मदरलण्ड नेपाल का सभापति अनिल पाण्डे लगायतका साथीहरूको सहयोगमा बेलकोटगढी१३ को श्री पञ्चकन्या आधारभूत विद्यालयमा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको हो ।

न्यानो कपडा वितरण कार्यक्रममा ट्रष्टका अध्यक्ष डा. केदार नरसिंह केसी, ट्रष्टका महासचिव जगदीश्वरनरसिंह केसी, बागमती प्रदेश सदस्य श्याम ढुङ्गाना , नेपाली काँग्रेस नगर सभापति लेखनाथ मुडवरी ,नेकपा माओवादी केन्द्र बेनपा १३ को वडा कमिटी अध्यक्ष रबिस कुमार लामा,विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक तथा विद्यार्थीको उपस्थिति रहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *