देश

आज काठमाडौँको तापक्रम २.१ डिग्री सेल्सियस, यस वर्षकै बढी चिसो

काठमाडौँ।काठमाडौँ उपत्यकामा आज यस वर्षकै सबैभन्दा चिसो महसुस गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज काठमाडौँको न्युनतम तापक्रम २.१ डिग्री सेल्सियस मापन भएको जनाएको छ । हिजो काठमाडौँको तापक्रम २.५ डिग्री सेल्सियस मापन गरिएको थियो । महाशाखाका अनुसार आज दिउँसोको तापक्रम १६.५ डिग्री पुग्नेछ ।

महाशाखाले तत्कालै वर्षाको सम्भावना नरहेकाले अझै चिसो बढ्ने जनाएको छ । दिनदिनै तापक्रम घट्दै गएका कारण दिउँसो घाम लागे पनि बिहान र बेलुका निकै चिसो बढेको छ ।

आज जुम्लाको न्युनतम तापक्रम माइनस ४.९ र अधिकतम तापक्रम १३.६ डिग्री सेल्सियस पुग्ने महाशाखाको अनुमान छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *