देश

दावा छिरिङलगायत १२ जनालाई थुनामै राखेर अनुसन्धान गर्न उच्चको आदेश

काठमाडौं । उच्च अदालत पाटनले सुन तस्करी तथा संगठित अपराधमा दावा छिरिङलगायत १२ जनालाई थुनामै राखेर अनुसन्धान प्रक्रिया अघि बढाउन आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतले ब्रेक प्याडको रूपमा सुनको चोरी पैठारी गरेको अभियोगमा पुर्पक्षका लागि थुनामै राखेर अनुसन्धान गर्न गरेको आदेश बेरित भएको भन्दै अभियुक्तहरूले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए । उच्चले दावासँगै टाँसी भन्ने थुप्तिन छिरिङ, शिवकुमार सर्राफ, हर्कराज राई, दिलीप भुजेल, रामकुमार भुजेल, राजेन्द्रकुमार राई, सुमन खरेल, किशोर बस्नेत, सरोज श्रेष्ठ, कुमार ढकाल र सन्तोष चन्दलाई थुनामै राखेर अनुसन्धान गर्न जिल्लाले दिएको आदेशलाई नै सदर गरेको हो ।

अन्य प्रतिवादी कृष्णकुमार श्रेष्ठ, पुष्करराज भट्टलाई एक लाख धरौटी जमानतमा र गणेशप्रसाद पौडेल, वीरेन्द्र नेपालीलाई ५ लाख तथा सुदर्शन गौतम र यादव पराजुरीलाई २ लाख धरौटी वा जमानतमा तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश भएको छ ।

हंङकङबाट नेपालमा ब्रेक प्याड समेतका मालबस्नुको रूपमा सुनको तस्करी गरी ६० किलो ७ सय १६ ग्राम सुन तस्करीमा संलग्न रहेको अभियोगमा काठमाडौं जिल्ला अदालतले गत असोज १९ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *