काठमाडाैं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार मन्त्रिपरिषद्को सिफारिस अनुसार २२ माघमा अधिवेशन आह्वान गरेका हुन् ।
राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/१०/९ को सिफारिसमा सम्वत् २०८० साल माघ २२ गते सोमबारका दिन १६:०० बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकाे प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।





