काठमाडौं। राजधानीका मुख्य सडकमा अत्यधिक ट्राफिक जाम भएको छ । माघे संक्रान्तिको अवसरमा टुँडिखेलमा आयोजित दुई वटा कार्यक्रमका कारण काठमाडौंको व्यस्त सडक क्षेत्रमा सवारी आवागमन अस्तव्यस्त बनेको हो ।
रत्नपार्क, सुन्धारालगायत क्षेत्र ट्राफिक जामले अस्तव्यस्त बनेको छ । मुख्य सडक क्षेत्र नै असहज बनेपछि यात्रुहरु बिचल्लीमा परेका छन् । अर्कोतर्फ, दुई वटा कार्यक्रम एउटै ठाउँमा सञ्चालन हुँदा व्यवस्थापनको कमजोरी समेत देखिएको छ ।




