मुख्य समाचार

राप्रपाको जलपानमा प्रधानमन्त्री प्रचण्डसहित शिर्ष नेता सहभागी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा आयोजना गरेको जलपान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख दलका शिर्ष नेताहरु सहभागी भएका छन् ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयोजित जलपान समारोहमा सभामुख देवराज घिमिरे, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलगायत सहभागी भएका हुन् ।

जलपानअघि राप्रपाले पदयात्रा गर्दै सिंहदरबारको मूलद्वारस्थित पृथ्वीनारायण शाहको शालिक पुगेर माल्यार्पण गरेका थिए ।

राप्रपा नेपालले पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा प्रत्येक वर्ष पुस २७ गते चियापान कार्यक्रम गर्दै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *