देश

खेलकुद मन्त्री लिम्बूलाई पत्नी शोक

मोरङ । मातृ वियोगको केही महिना पछि नै युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूलाई पत्नी शोक परेको छ । मन्त्री लिम्बूकी धर्मपत्नी गंगामाया लिम्बूको ५८ वर्षको उमेरमा बिहीबार राति निधन भएको छ । लामो समयदेखि लिभर क्यान्सरको उपचार गराइरहेकी लिम्बूको घरैमा निधन भएको हो ।

शुक्रवार बिहान १० बजे स्थानीय लेटाङ ६ को गुवाबारीमा रहेको दाहसंस्का स्थलमा परम्परा अनुसार अन्त्येष्टि गरिने नेपाली काँग्रेसका क्षेत्रीय सभापति शंकर राईले जानकारी दिए । लिम्बूको एक छोरी र एक छोरा रहेका छन् । मन्त्री लिम्बूकी सासुआमाको गत बर्ष निधन भएको थियो । केही महिनाअघि आफ्नी आमाको समेत निधन भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *