राजनीति

पृथ्वी जयन्तीको अवसरमा राप्रपा घटकको अलग अलग चियापान

काठमाडौं । पृथ्वी जयन्तीको अवसरमा राप्रपा र राप्रपा नेपालले आज छुटाछुटै चियापान कार्यक्रमको आयोजना गरेका छन् ।

३०२औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपा र राप्रपा नेपालले अलग अलग चियापान कार्यक्रमको आयोजना गरेका हुन् ।

राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाले अपरान्ह १ बजे देखी भृकुटीमण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ भने कमल थापा नेतृत्वको राप्रपा नेपालले सोही समयमा सिंहदरवार पश्चिमगेटस्थित स्काइ दरबार बैंक्वेटमा चियापान कार्यक्रमको आयोजना गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *