सम-सामयिक

सन्दीप लामिछानेको मुद्दामा बहस सकियो, केहीबेरमा सजाय तोकिने

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ ।

बलात्कार आरोपमा दोषी ठहर भएका लामिछानेको मुद्दा काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा सजाय निर्धारणका लागि भएको बहस सकिएको हो ।

अबको केहीबेरमै लामिछानेमाथि सजाय तोकिनेछ । यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो ।

जाहेरवालापक्षले अधिकतम तथा सन्दीपका वकिल पक्षले न्यूनतम सजाय माग गर्दै बहस गरिरहेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *