देश

भारतसँग भएको सम्झौता उपलब्ध गराउन कानुन समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधि सभाको कानुन न्याय तथा मानव अधिकार समितिले नेपाल र भारतबीचको सम्झौता उपलब्ध गराउन निर्देशन दिएको छ ।

बुधबार बसेको समितिको बैठकले हालै सम्पन्न भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमणको क्रममा नेपाल र भारतबीच भएका सम्झौता ७ दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिएको हो ।

समितिले बुधबार जयशंकरको भ्रमणका बेला भएका सम्झौता बारेमा जानकारी लिन प्रधानमन्त्रीलाई बोलाएको थियो । सो बैठकमा प्रधानमन्त्रीले भारतसँग भएका सम्झौताबारे जानकारी गराएका थिए ।

समितिको बैठकमा भारतसँग भएका सम्झौताको विवरण समितिलाई जानकारी गराउनुपर्ने माग सांसदहरुले गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *