सम-सामयिक

क्रिकेट प्रतियोगितामा रन लिन पिचमा दौडिँदा लडेर भारतीय खेलाडी नेगीको मृत्यु

काठमाडौं । रन लिन पिचमा दौडिँदा लडेर भारतीय क्रिकेटरको मृत्यु भएको छ । भारतको नोएडामा भएको क्रिकेट खेलमा पिचमै ३४ वर्षीय ब्याट्सम्यान विकास नेगीको मृत्यु भएको हो ।

हृदयाघात भई लडेका उनलाई अन्य ब्याट्सम्यान र फिल्डिङ टिमका खेलाडीले तत्काल सीपीआर दिन थाले पनि उनलाई बचाउन सकिएन । उनको घटनास्थलमै मृत्यु भयो ।

मृतक नेगी एक इन्जिनियर थिए, जो नोएडामा कर्पोरेट लिग खेल्दै थिए। नोएडामा कर्पोरेट लिगअन्तर्गत माभेरिक्स ११ र ब्लेजिङ बुल्सबिचको खेल चलिरहेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *