काठमाडौं । विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरबाट प्रहरीले करिब साढे ३ करोड रुपैयाँ बरामद गरेको छ ।
बम्जनको घरमा खानतलासी गर्दा तीन करोड तीन लाख नेपाली रुपैयाँ र ३० लाख ९२ हजार रुपैयाँबराबरको १७ देशका विदेशी मुद्रा बरामद गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एसएसपी दिनेश आचार्यले जानकारी दिए ।
सीआईबीले बुधबार बिहान पत्रकार सम्मेलन गरी बम्जनको घरबाट बरामद पैसा, मोबाइल, ल्यापटप र महत्त्वपूर्ण कागजातसमेत सार्वजनिक गरेको हो ।ब्युरोको टोली मंगलबार बुढानिलकण्ठस्थित घरमा पुग्दा उनले भाग्ने प्रयास गरेका थिए ।





