देश

राप्रपाको कविता प्रतियोगिताः रुकुमपश्चिमका उमेशले जिते एक लाख

काठमाडौँ।पृथ्वी जयन्तीका अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आह्वान गरेको ४० वर्षमुनिका युवा कविता प्रतियोगिताको बिजेता छनौट भएका छन्।

राप्रपाले गत मंसिर २७ गते पुस १५ गतेसम्मको समयसीमा तोकेर ३०२ औं पृथ्वी जयन्तीको अवसरमा ‘पृथ्वीनारायण शाह’ का बारेमा कविता प्रतियोगिताको खुल्ला आह्रान गरेको थियो।

३०५ सर्जकले दिएको निवेदनमध्ये उमेश पुन मगर (रुकुम पश्चिम) प्रथम, सुभाष खनाल (कपिलबस्तु) द्वित्तीय, सिजन श्रेष्ठ (संखुवासभा) तृत्तीय भएका छन्। यस्तै, अविरल डीसी (दाङ), निरुता बुढाथोकी (म्याग्दी) र प्रविण बुढाथोकीलाई प्रोत्साहनमा छानिएका छन्।

उत्कृष्ट कविता छनौटका लागि वरिष्ठ कवि तथा साहित्यकारहरु विश्वविमोहन श्रेष्ठ, डा नवराज लम्साल र मोमिला जोशी निर्णायक रहेका थिए।

प्रथम पुरस्कार एक लाख रुपैयाँ, द्वितीय पुरस्कार पचास हजार रुपैयाँ, तृत्तीय पुरस्कार पच्चीस हजार रुपैयाँ र तीन जना प्रत्येकलाई प्रोत्साहन पुरस्कार वापत दस हजारका दरले आगामी पौष २७ गते हुने काठमाडौंको भृकुटी मण्डपमा हुने जलपान समारोहका बीच पुरस्कृत गरिने राप्रपाले जनाएको ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *