देश

बालेनले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाए

काठमाडौँ । काठमाडौँ महानगरपालिकका मेयर बालेन साहले प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीको कार्यकक्षमा ताला लगाएका छन् ।

मेयर साह र प्रमुख प्रशासकीय अधिकृत अधिकारीबीच महागरपालिकाको स्वास्थ्य विभागतर्फका कर्मचारी नियुक्तीको विषयमा विवाद भएपछि मेयर साहले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन् ।

कर्मचारी नियुक्तीको विषयमा विवाद पश्चात प्रमुख प्रशासकीय अधिकृत अधिकारी पुनः कार्यालय आउने तयारी गरेको थाहा पाएपछि मेयर साहले उनको कार्यकक्षमा ताला लगाइ दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *