काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ ।
शुक्रबार ओली निवास भक्तपुरको बालकोटमा भेटवार्ता भएको हो ।
दुई नेताबीच करिब एक घण्टा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको बताइएको छ ।




