देश

काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस

काठमाडौं।काठमाडौंमा आज यो वर्षकै हालसम्मको न्यून तापक्रम मापन गरिएको छ । आज बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस मापन गरिएको छ ।

‘आज यो वर्ष हालसम्मकै कम तापक्रम छ । बिहान ६ बजे काठमाडौंको तापक्रम ३.८ डिग्रीसेल्सियस मापन गरिएको छ,’ मौसमविद् प्रतिभा मानन्धरले भनिन्, ‘यद्यपि, यो भन्दा न्यून तापक्रम हुने सम्भावना पनि हुन्छ । जनवरी वर्षकै चिसो महिना हुने भएकाले तापक्रम यो भन्दा घट्ने सम्भावना पनि छ ।’

दिउँसो काठमाडौंको तापक्रम १६ देखि १८ डिग्रीसेल्सियसकोबीचमा रहनेछ । हिजो काठमाडौंको तापक्रम ४.५ डिग्रीसेल्सियस थियो ।

यसैबीच, पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका केही भूभागमा आज वर्षा हुने भएको छ । केही उच्च पहाड र हिमाली भूभागमा वर्षाको सम्भावना रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *