देश

न्याय सेवाका ५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौं । न्याय सेवा आयोगले ५ जना सहसचिवहरूको सरुवा गरेको छ । आज बसेको आयोगको बैठकले सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुखसहित ५ जनाको सरुवा गरेको हो ।

सर्वोच्चका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्याय परिषद्मा सरुवा भएका छन् । त्यस्तै न्याय परिषद्का सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन् ।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *