समाचार

इलेक्ट्रिक गाडी कसरी भयो आगलागी !

काठमाडौं । गएराती पार्किङमा राखेर चार्जमा राखिएको विद्युतीय गाडीमा एक्कसी आगलागी भएको छ । काठमाडौं बूढानीलकण्ठमा घर नजिकै पार्किङ गरेर चार्जमा राखिएको एमजी कम्पनीको विद्युतीय गाडी बागमती प्रदेश–०१–०२७ च १५८१ नम्बरको जेडएस ईभी गाडीमा एकाएक आगलागी कसरी भयो भन्ने वारे अहिलेसम्मा पुष्टि हुन सकेको छैन् । आगलागी भएको गाडी भने गोरखाको नामजसङका सुदीप लामिछानेको भएको पत्ता लागेको छ ।

उनका अनुसार पुस ८ गते अर्थात् क्रिसमस इभको साँझ पार्किङ गरेर राखिएको उक्त गाडी राति १ बजे एकाएक आगलागी भएको थियो । उक्त विषय लामो समयसम्म बाहिर नल्याउने कुरा भएको थियो पछि उक्त गाडीमा आगलागी हुनुको कारण पत्ता लगाउने भन्दै सो घटना बाहिर ल्याइएइको हो । साँझ ६ बजे गाडी चार्जमा हालिएको थियो तर उक्त गाडीमा मध्यराती एक बजेको समयमा आगलागी भएको थियो । गाडी मालिक लामिछानेले चार्जिङमा हालिएको समयमा नै आगलागी हुनुपर्ने यदि चार्जिङको गढबढीले भए भन्दै संका गरेका छन् ।

स्रोतका अनुसार आगलागीको घटनापछि सम्बन्धित कम्पनीसँग कुराकानी भइरको र कम्पनीले पनि निर्माता चाइनिज कम्पनीसँग कुराकानी जारी छ भने इन्सुरेन्स क्लेमका लागि प्रक्रिया अघि बढाइएको छ ।

एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सलेसमेत यस विषय बोल्न चाहेको छैन भने यसबारेमा कम्पनीले आन्तरिक अध्ययन गरिरहेको स्रोतले जनाएको छ । तर, कम्पनीले आफ्नो बचाउ गर्दै चार्जिङका क्रममा गडबडी भएर आगलागी हुनै नसक्ने जिकिर गर्दै आएको छ ।

गाडीमा एकाएक आगलागी भएपछि राति नै प्रहरीलाई खबर गरिएको दियो । स्थानीय प्रहरी आइपुगेपछि नियन्त्रणमा आएको आगलागीबारे टिपाइएको विवरणमा चार्जिङकै क्रममा यस्तो घटना भएको विषय उल्लेख छ । आगलागीबाट गाडी पूर्णरुपमा क्षतिग्रस्त छ । एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालसहितका अधिकारीहरूले भने उक्त विषयमा सोधिएको प्रश्नमा जवाफ नै नआएको स्रोतले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *