जलश्रोत/उर्जा

नेपाल र भारतका ऊर्जा मन्त्रालय सहसचिवस्तरीय बैठक बस्दै

काठमाडौँ । नेपाल र भारतका ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठक बस्दै छ । भारतीय ऊर्जा मन्त्रालयको टोली बुधबार काठमाडौँ आइसकेको छ ।

काठमाडौँमा बुधबार बस्ने ऊर्जा मन्त्रालयका सहसचिवस्तरीय बैठकमा इनर्जी बैंक बनाउने विषयमा सहमतिको प्रयास हुनेछ । सो बैठकले गरेको सहमतिलाई चितवनमा यही पुस २०-२१ मा हुने ऊर्जा मन्त्रालयका सचिवस्तरीय संयुक्त निर्देशक समितिको बैठकमा अन्तिम रूप दिइनेछ ।

दुवै देशका परराष्ट्र मन्त्रीको रोहबरमा १० हजार मेगावाट विद्युत व्यापार समझौतामा भारतका ऊर्जा मन्त्रालयका सचिव पंकज अग्रवाल र नेपालका ऊर्जा मन्त्रालयका सचिव गोपाल सिग्देलले हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *