विश्व

गाजा युद्ध : ५०७ इजरायली सैनिकको मृत्यु, २,२६५ घाइते

तेलअहिव । पछिल्लो २४ घण्टामा गाजा युद्धमा ३१ इजरायली सैनिक घाइते भएका छन् । इजरायली सेनाले गाजा पट्टीमा गत २४ घण्टामा ३१ सैनिक घाइते भएको जनाएको हो ।

सेनाले जारी गरेको पछिल्लो तथ्याङ्कअनुसार अक्टोबर ७ मा गाजा द्वन्द्व सुरु भएयता ५०७ सैनिक मारिएका छन् भने २,२६५ जना घाइते भएका छन् । अक्टोबर ७ बाट सुरू भएको आक्रमणपछि कम्तिमा ९८३ सैनिक घाइते भएका छन् । एजेन्सी

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *