मुख्य समाचार

नयाँ दिल्लीस्थित इजरायली राजदूतावास नजिकै विष्फोट

काठमाडौं। भारतको राजधानी नयाँ दिल्लीमा रहेको इजरायली राजदूतावास नजिकै विष्फोट भएको छ । स्थानीय समयअनुसार मंगलबार बेलुका ५ बजेर २० मिनेटमा राजदूतावास नजिकै विष्फोट भएको अल जजीराले जनाएको छ ।

विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन । हाल राजदूतावास रहेको क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको र भारी सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ ।

कसले र किन विष्फोट गराएको हो भन्ने अझै स्पष्ट नभइसकेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । प्रहरीले घटनाबारे अनुसन्धान सुरु गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *