विश्व

पाकिस्तानमा सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु

कराँची। पाकिस्तानको एक सपिङ मलमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।

पाकिस्तानको दक्षिणी शहर कराँचीमा बहुमंजिला आरजे सपिङ मलमा आगलागी हुँदा १० जनाको मृत्यु भएको हो ।

पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको सहरमा रहेको उक्त मलमा बिहानैदेखि आगलागी भएको थियो ।

सामाजिक सञ्जाल एक्समार्फत् कराँचीका मेयर मुर्तजा वाहब सिद्दिकीले आगलागीमा १० जनाको मृत्यु भएको र २२ जना घाइते भएको जानकारी दिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *