देश

सिन्धुलीमा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सिन्धुली । बीपी राजमार्गअन्तर्गत सिन्धुलीको सुनकोसी गाउँपालिका–३ बोहोरेटारमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

सोमबार बिहान बा. प्र. ०१–००६ ख ४५९३ नम्बरको बस र विपरीत दिशामा रहेको बा ६० प ३५४५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक राजकुमार सिलवालले मृत्यु हुनेमा मोटरसाइकलमा सवार दिक्तेल नगरपालिका–१० बस्ने १८ वर्षीया मुनाकला राई र अर्को एक जना पुरुष रहेको जानकारी दिए । मृतक पुरुषको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक सिलवालले बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *