काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज (शनिबार) विराटनगर जाने भएका छन् । राष्ट्रपति पौडेलले नेपाल उद्योग परिसंघ कोशीले आयोजना गर्ने प्रजातन्त्र सेनानीको सम्मान तथा उद्योगीको भेलाको उद्घाटन गर्ने कार्यक्रम छ ।
त्यसका लागि पौडेल बिहान ११ बजे विराटनगर पुग्ने छन् । उनले विराटनगरस्थित होटल सिटी प्यालेसमा केही समय भेटघाट समेत गर्नेछन् । राष्ट्रपति पौडेल आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।




