विश्व

भारतको गणतन्त्र दिवसको प्रमुख अतिथि फ्रान्सका राष्ट्रपति म्याक्रोन

नयाँदिल्ली । भारतको गणतन्त्र दिवसको प्रमुख अतिथिमा फ्रान्सका राष्ट्रपति आउने भएको छ ।

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन २६ जनवरीमा हुने गणतन्त्र दिवस समारोहमा प्रमुख अतिथि हुने भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सन २०२४ को गणतन्त्र दिवस समारोहमा फ्रान्सेली राष्ट्रपतिको सहभागिता रहने पक्का भएको समाचार एजेन्सी एएनआईले जनाएको छ । गणतन्त्रका दिनका तयारी सुरु भएको छ र अब जम्मा लगभग एक महिना बाँकी रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *