सम-सामयिक

संस्कृतिमन्त्री किराँतीको अभिब्यक्तिको बिरोधमा प्रदर्शन हुने

काठमाडौं। नागरिक उडडयन, पर्यटन तथा संस्कृति मन्त्री सुदन किराँतीको ‘बिबादस्पद अभिब्यक्ति’ लाइ लिएर काठमाडौंमा बिरोध प्रदर्शन गरिने भएको छ ।

‘क्रिश्चियन नमान्ने संबिधान बिरोधी हुन’ भन्ने मन्त्री किराँतीले दिएकाे अभिब्यक्तिको बिरोध गर्दै काठमाडौंमा बिरोध प्रदर्शन गर्न लागिएको हो ।

विरोध सभाका एक आयाेजक तथा संगत संस्कृतिका संयाेजक पुष्पराज पुरूषका अनुसार सो बिरोध सभा बिहिबार पशुपति विकास कोषको कार्यालय, गौशाला अगाडी आयोजना हुनेछ । उनका अनुसार पुष ५ गते दिनको ठिक २ बजे देखि सो बिरोधसभा सुरू हुनेछ ।

सो बिरोधसभाका लागि नारा पनि तय गरिएको उनले जानकारी दिएका छन । जसअनुसार सो बिरोध सभामा ‘सुदन किराँती–राजिनामा दे’, ‘पशुपति विकास कोषमा गैरधार्मिक मान्छेको नियुक्ति बन्द गर– बन्द गर, बन्द गर’, ‘धर्म निरपेक्ष मुर्दावाद– मुर्दावाद मुर्दावाद, ‘सनातन हिन्दु राष्ट्र कायम गर– कायम गर ,कायम गर,’ जस्ता नाराहरू तय गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *