देश

‘भिजिट भिसा’ मा विदेश पठाउने निगमका दुई कर्मचारी निलम्बित

काठमाडौं । नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा नेपाल वायुसेवा निगमले दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

निलम्बन पर्नेमा यात्रुसेवा विभागका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव रहेका छन् । पोखरेल र यादव नक्कली कागजातका आधारमा नक्कली कागजपत्र बनाएर ‘भिजिट भिसा’ मा विदेश पठाउने गिरोहसँग मिलेमतो गरेको आरोपमा मंसिर १९ गते पक्राउ परेका थिए ।

अध्यागमन र विभिन्न एयरलाइन्सका कर्मचारीकै मिलेमतोमा नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाइने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । पक्राउ परेकाहरूलाई ठगी र लिखतसम्बन्धी कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भइ अनुसन्धान भइरहेको जनाइएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *