देश

यी १० प्रकारका औषधी उत्पादनमा रोक

काठमाडौं । औषधी व्यवस्था विभागले नेपालमा प्रयोग भइरहेका १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको छ ।

विभागले सूचना जारी गर्दै प्राविधिक मूल्याङ्कनका आधारमा तत्कालका लागि नेपाली र भारतीय १० प्रकारका औषधी उत्पादनमा रोक लगाएको जानकारी दिएको छ । ।

विभागले लिनाग्लिप्टिन २.५ एमजी, लिनाग्लिप्टिन १० एमजी, रिभारोक्स्बान पाँच एमजी, एसिक्लोफेनाक २०० एमजी, एसिक्लोफेनाक ३०० एमजी उत्पादनमा रोक लगाएको हो ।

यस्तै लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन २.५ एमजी, मेटफर्मिन ८५० एमजी तथा लिनाग्लिप्टिन पाँच एमजी, मेटफर्मिन ५०० एमजी र लिनाग्लिप्टिन पाँच एमजी र मेटफर्मिन ८५० एमजी उतपादनमा रोक लगाएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *