विश्व

भारतका दुवै सदनको बैठक अवरुद्ध, १३ सांसद निलम्बित

प्रतिपक्षदलको अवरोधका कारण भारतको दुवै सदनको बैठक अवरुद्ध भएको छ। लोकसभामा हिउँदे अधिवेशन चलिरहेका बेला दुई ब्यक्ति कुदेको घटनापछि सुरक्षा संवेदनशीलतामाथि प्रश्न उठाउँदै विपक्षी दलले विरोध जनाउँदा भारतको लोकसभा र राज्यसभाको बैठक अवरुद्ध भएको हो।

प्रतिपक्ष दलले सुरक्षा कमजोरीको विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर चित्तबुझ्दो जवाफ दिनुपर्ने माग गर्दै आएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले सदनबाहिर बयान दिए पनि सदनभित्र बोल्न तयार नभएको भन्दै प्रतिपक्ष दल रुष्ट बनेका छन्।

सरकारले यस विषयमा राजनीति गरिरहेको विपक्षी दलको आरोप छ। यही मागलाई लिएर सदन अवरोध गरेपछि १३ सांसद निलम्बनमा परेका छन्।

गत साता संसद् चलिहेका बेला संसदमा कुदेका दुई व्‍यक्तिले स्प्रे प्रहार गरेपछि लोकसामा हंगामा मच्चिएको थियो।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *