देश

धादिङको मैदी केन्द्रबिन्दु भएर ४.२ रेक्टर स्केलको भूकम्प, काठमाडौंमा समेत धक्का महसुस

काठमाडौं । आइतबार बिहान धादिङको मैदी केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ८ बजेर २३ मिनेट जाँदा ४.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का धादिङ आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । पछिल्लो केही समययता देशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *