काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । सिंहदरबारमा शुक्रवार बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
त्यस अगाडि सुनुवाइ समितिले नेपालको नामका सम्बन्धमा परेको उजुरीमाथि छलफल गरेको थियो । मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।
।
सुनवाइका क्रममा नेपालले चार वर्षे कार्यकालमा गर्ने आफ्नो योजना सुनाएका थिए । ६ महिना, एक वर्ष, दुई वर्ष र चार वर्षभित्र के कस्ता काम गर्ने भनी योजना बनाएको सुनाउँदै उनले योजना अनुसार काम हुन सकेरनसकेको समीक्षा गर्ने बताए । १४ पृष्ठ लामो कार्ययोजनामा उनले पोर्चुगलमा रहेका नेपालीहरुको ज्ञान, सीप र क्षमतालाई नेपाल फर्काउन पहल गर्ने, पोर्चुगलबाट नेपालमा आउने पर्यटकको संख्या बढाउन पहल गर्ने, खेलाडीहरुको भ्रमणका लागि पहल गर्ने, नेपालमा लगानी बढाउन पहल गर्ने समेत उल्लेख गरे ।
पोर्चुगलमा २१ हजार नेपाली रहेको औपचारिक तथ्याङ्क छ । तर, अनौपचारिक तथ्याङ्क अनुसार थप ३९ हजार नेपाली रहेका छन् । ३९ हजार नेपालीलाई पनि औपचारिक हुने प्रक्रियाका लागि सहजीकरण गर्ने उनको पहिलो प्राथमिकतामा छ ।
सरकारले पहिलो पटक पोर्चुगलमा दूतावास स्थापना गर्न लागेको हो । नयाँ दूतावास खोलेर त्यहाँ राजदूतका रुपमा नेपाललाई पठाउने सरकारको निर्णय छ ।
काठमाडौं । संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । सिंहदरबारमा शुक्रवार बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।




