काठमाडौं । सरकारले एकै पटक ७१ सहसचिवहरुको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट ७१ जना सहसचिवहरूको सरुवा भएको हो ।
महिनौंको तयारी पछि बल्ल ७१ जनाको नामावली टुङ्गोमा पुर्याइएको हो । शुक्रबार मात्रै ७० जनाको अन्तिम सूची तयार भए पनि पछि थप १ जनासहित केहीको कार्यालय मिलान गरेर ७० जनामा सहमति कायम गरिएको छ ।
सहसचिवको सरुवामा मन्त्रीहरू स्वयं आफै सक्रिय भएसँगै सामान्यका कर्मचारी र मुख्य सचिवलाई मिलाउनै हम्मे हम्मे परेको थियो ।यसअघि ५८ जना सहसचिवहरूको सरुवा भए पनि त्यसमा प्राविधिक समस्या आएपछि कार्यान्वयन भएको थिएन ।




