विश्व

इजरायली आक्रमणबाट गाजामा अहिलेसम्म कति जना मारिए ?

काठमाडौँ । गाजामा हमास शासित स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणबाट मृत्युको नयाँ तथ्यांक सार्वजनिक गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा अक्टोबर ७ यता मृत्यु हुनेको संख्या ९ हजार ७ सय ७० पुगेको हो ।

जसमा चार हजारभन्दा बढी बालबालिका रहेको बीबीसीले उल्लेख गरेको छ । गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणमा १४०० जनाको मृत्यु भएको थियो भने उसले २४० जनालाई बन्धक बनाएको थियो । त्यसयता इजरायलले गाजामा हमासलक्षित आक्रमण जारी राखेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *