देश

पेशेबर सुटरद्धारा सर्राफमाथि गोली प्रहार , हत्यामा संलग्न ५ जनाको नाम सार्वजनिक

काठमाडौं । कलैयास्थित बाल एकता बोडिङ्ग स्कुलका सञ्चालक रुपेश सर्राफको हत्यामा संलग्न पाँच जनाको नाम प्रहरीले सार्वजनिक गरको छ । रुपेश सर्राफको हत्यमा प्रत्यक्ष रुपमा संलग्न आठ जना रहेको प्रहरीले जनाएको छ ।

सोमबार दिउँसो कलैया भरतचोक नजिकै निजी विद्यालयका सञ्चालक सर्राफको हत्यामा संलग्न ५ जनालाई बुधबार बारा प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा कलैया उपमहानगर पालिका २ बस्ने राधा गुप्ता, जाबेर अख्तर, चन्दन यादव, रियाज अन्सारी र अभिनव कुमार सिंह रहेकोे प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए । मुख्य अभियुक्त एवम् योजनाकार मनोज गुप्ता भने, भारतमा फरार रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेशप्रसाद काफले सर्राफ हत्या प्रकरण एक महिलाको रिसइवीका कारण भएको जनाएका छन् । सर्राफलाई गोली हान्ने व्यक्ति पेशेबर सुटर रहेको पनि प्रहरीको निष्कर्ष छ । हत्यामा प्रत्यक्ष संलग्नता ८ जनाको भएपनि पाँच जनालाई नियन्त्रणमा लिएको र बाँकीलाई पक्राउ गर्नका लागि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका क्रममा हत्या हुनुको मुख्य कारण महिलासँग सम्बन्ध भएको निष्कर्ष निकालेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *