खेलकुद

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए विकेट

काठमाडौँ । नेपालले सिंगापुरविरुद्ध तेस्रो सफलता हासिल गरेको छ । टी-२० विश्वकपको एशिया छनौट अन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिंग गरिरहेको सिंगापुरको तेस्रो विकेट गुलशन झाले लिएका हुन् ।

गुलशनले ४६ रन बनाएर खेलिरहेका रोहन रंगराजनलाई आउट गरेका हुन् । यस अघि नेपलाका लागि सन्दीप लामिछाने र करण केसीले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *