काठमाडौं । आइतबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आजका लागि छापावाल सुनको मूल्य एक लाख १७ हजार पुगेको छ । यसअघि शुक्रबार छापावाल सुनको मुल्य प्रतितोला एक लाख १६ हजार रहेको थियो ।
त्यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला एक लाख १६ हजार ४५० रहेको छ । यसअघि शुक्रबार तेजाबी सुनको मुल्य एक लाख १५ हजार ४५० रहेको थियो ।
त्यसैगरी आज चाँदीको मुल्यमा प्रतितोला १५ रुपियाँ बढेको छ । आज चाँदी तोलामा १४ सय १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि शुक्रबार चाँदी प्रतितोला १४ सयमा कारोबार भएको थियो ।




