खेलकुद

नेपालले साउदीलाई दियो ३४८ रनको लक्ष्य

काठमाडौँ । नेपालले साउदी अरेबियालाई ३४८ रनको लक्ष्य दिएको छ । एसीसी यू- १९ प्रिमियर कप अन्तर्गत समुह ए को अन्तिम खेलमा मलेसियाको वाइकेएम क्रिकेट ओभलमा टस हारेर पहिला ब्याटिंग गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाउदै ३४७ रन बनाएको हो ।

नेपालका लागि अर्जुन कुमालले शानदार ब्याटिंग गर्दै १४२ रनको इनिंग खेलेका थिए । कुमालले १११ बलमा १७ चौका र २ छक्का प्रहार गर्दै १४२ रन बनाएर आउट भएका थिए ।

त्यसैगरी आकास त्रिपाठीले ८९ रनको उत्कृष्ट इनिंग खेलेका थिए । त्यस्तै दीपक बोहोराले २९, बिशाल बिक्रम केसीले २४, दिपक प्रसाद डुम्रेले १४, मिलन बोहोराले ९ दिपेश कँडेलले १४ तथा कप्तान देव खनाल शुन्यमा आउट भएका थिए ।

त्यसैगरी साउदीका बलर मुहमद अहमद राजा, अब्दुल्लाह शिराज र मुहमद चायोर अहमदले २-२ विकेट लिएका थिए भने जुहैर मुहमद र शजिब मुजीबुर रहमानले एक एक विकेट लिएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *