खेलकुद

त्रिकोणात्मक टी- २० सिरिजको ट्रफी सार्बजनिक

काठमाडौँ । बुधबारदेखि काठमाडौँमा हुने त्रिकोणात्मक टी-२० सिरिजको ट्रफी सार्बजनिक गरिएको छ ।

नेपालसहित युएई र हङकङबीचको यस सिरिजको ट्रफी नेपाली कप्तान रोहित पौडेल र युएईका कप्तान मुहमद वसीमले आज सार्बजनिक गरेका हुन् ।

बुधबार हुने त्रिकोणात्मक टी- २० सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र युएई खेल्दै छन् । यो खेल मुलपानी क्रिकेट मैदानमा अपराहन्न १ बजेदेखि शुरु हुदैछ ।

टी-२० विश्वकप छनौट अघि हुन लागेको यस त्रिकोणात्मक सिरिजलाई सो को तयारी खेलको रुपमा पनि हेरिएको छ ।

यस सिरिजका लागि क्यानले रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा छ । त्रिकोणात्मक टी-२० सिरिजबाट सन्दीप लामिछानेले भने यसअघि नै नाम फिर्ता लिएकाले उनी भने यस सिरिजमा खेल्ने छैनन् ।

सिरिजको खेल तालिका :

यो सिरिज कार्तिक १ गते अर्थात अक्टोबर १८ देखि शुरु हुने छ । कार्तिक १ गते नेपाल र युएईबीच खेल हुने छ भने कार्तिक २ गते नेपाल र हङकङबीच खेल हुने छ । त्यस्तै कार्तिक ४ गते नेपाल र हङकङबीच खेल हुने छ भने कार्तिक ५ गते युएई र हङकङबीच खेल हुने छ ।

त्यसैगरी कार्तिक ६ गते नेपाल र युएईबीच तथा कार्तिक ८ गते हङकङ र युएईबीच खेल हुने छ । अंक तालिकामा शिर्ष दुई स्थानमा रहने देशबीच कार्तिक १० गते फाइनल खेल हुने छ ।यस सिरिजका फाइनल बाहेका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुने छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *