काठमाडौँ । आइसीसी क्रिकेट विश्वकप अन्तर्गत आज न्यूजील्याण्ड र नेदरल्याण्डसबीच भिडन्त हुदै छ । हैदरावादको राजीव गान्धी इन्टरनेशनल स्टेडियममा हुने यो खेलमा नेदरल्याण्डसले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । नेदरल्याण्डसका कप्तान स्कट एड्वर्ड्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
जारी विश्वकपमा सबै देशले पहिलो खेल खेलेका छन् भने आजदेखि दोस्रो खेल शुरु हुदै छन् । पहिलो खेलमा न्यूजील्याण्डले इङल्याण्डलाई पराजित गरेर विश्वकपमा सुख शुरुवात गरेको छ भने नेदरल्याण्डस भने पाकिस्तानसँग हार बेहोरेको थियो ।
न्यूजील्याण्ड र नेदरल्याण्डसबीच अहिलेसम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म ४ खेल भएका छन् भने चारै खेल न्यूजील्याण्डले जितेको छ ।
यस खेलमा नेदरल्याण्डस आफ्नो पहिलो जितको खोजीमा हुने छ भने न्यूजील्याण्डले आफ्नो जितलाई निरन्तरता दिदै अगाडी बढ्न चाहने छ । न्यूजील्याण्डका नियमित कप्तान केन विलियम्सन यस खेलमा पनि नखेल्ने भएका छन् । उनी विश्वकपका अभ्यास खेलमा ब्याटिंग गरेपनि इङल्याण्डविरुद्धको पहिलो खेल खेलेका थिएनन् ।
नेदरल्याण्डसको प्लेइङ ११: स्कट एडवर्ड्स (कप्तान), विकेटकीपर), कोलिन एकेर्मन, बास डे लीडे, आर्यन दत्त, तेजा निदामानुरु, म्याक्स ओडाउड, विक्रमजीत सिंह, रोलोफ भ्यान डर मर्वे, पाउल भ्यान मिकरेन, सिब्राण्ड इङगेलब्रेच र रियान क्लेइन ।
न्यूजील्याण्डको प्लेइङ ११: टम लाथम (कप्तान), डेभोन कोनवे, विल योङ, रचिन रविन्द्र, डार्यल मिचेल, ग्लेन फिलिप, मार्क चापम्यान, लुकी फर्गुसन, मिचेल सान्टनर, माट हेनरी र ट्रेन्ट बोल्ट ।




