काठमाडौँ । ईङलिश प्रिमियर लिग अन्तर्गत लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आइतबार सम्पन्न खेलमा लिभरपुल र ब्राइटन २-२ गोलको बराबरीमा रोकिएका हुन् ।
लिभरपुलका लागि पहिलो हाफमा मोहमद सलाहले २ गोल गरेका थिए भने ब्राइटनका लागि सिमोन अडिनग्रा र लेविस डंकले एक एक गोल गरेका थिए ।
यो बराबरीपछि लिभरपुलको ८ खेलमा १७ अंक भएको छ र लिगमा चौथो स्थानमा रहेको छ । ब्राइटनको ८ खेलमा १६ अंक रहेको छ र लिगमा छैटौं स्थानमा रहेको छ ।




