खेलकुद

नेपालले पायो महिला कबड्डीको कांस्य पदक

हाङझाउ। चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालले महिला कबड्डीतर्फ जितेको कांस्य पदक शनिबार पाएको छ ।

महिला कबड्डीतर्फको फाइनल खेलपछि शनिबार बिहान पदक वितरण गरिएको हो । नेपाल समूह चरणमा बङ्गलादेशलाई ३७–२४ अङ्कले हराएर पदक नजिक पुगेको थियो ।

समूह ‘बी’को दोस्रो खेलमा नेपाल इरानसँग ४३–१९ अङ्कले पराजित भएको थियो । नेपाल समूह उपविजेताका रूपमा सेमिफाइनल प्रवेश गरेको थियो । नेपाल सेमिफाइनलमा भने भारतसँग ६१–१७ अङ्कले पराजित भएको थियो ।

शनिबार भएको रोमाञ्चक फाइनल खेलमा भारतले चाइनेज ताइपेइलाई २६–२५ अङ्कले हराउँदै स्वर्ण जितेको हो ।नेपालसँगै साबिक विजेता इरानले पनि कांस्य जितेको छ । जारी एसियाडको १५औँ दिनमा आएर शनिबार नेपालले औपचारिक रूपमा कांस्य पदक ग्रहण गरेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *