मुख्य समाचार

आन्दोलनरत चिकित्सक र सरकारबीच गृहमन्त्रालयमा वार्ता जारी

काठमाडौं । स्वास्थ्यकर्मीमाथि श्रृंखलावद्ध आक्रमण हुन थालेपछि सुरक्षाको माग गर्दै डाक्टरहरू सडकमा उत्रिएका छन् । विभिन्न ठाउँबाट आकस्मिक बाहेकका सेवा बन्द गरेर आफ्ना माग सम्बोधनका लागि काठमाडौंमा आन्दोलनमा उत्रिएका आन्दोलनरत चिकित्सकसँग सरकारले वार्ता जारी छ ।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा गृहमन्त्रालयमा वार्ता जारी छ । वार्तामा स्वास्थ्यमन्त्रालयका अधिकारीसमेत सहभागी रहेका छन् । स्वास्थ्यकर्मी ट्रेड युनियन, मेडिकल काउन्सिल, चिकित्सक संघलगायतका प्रतिनिधि पनि उक्त वार्तामा सहभागि भएका छन् ।

माइतीघरमा भेला भएर स्वास्थ्यकर्मीहरूले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ अविलम्व कार्यान्वयनको माग राख्दै आन्दोलनमा उत्रिएपछि सरकारले डाक्टरहरुले उठाएको माग सम्बोधनका लागि वार्ता जारी राखेको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *