काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औं महासभामा भाग लिन आज साँझ अमेरिकाकाे न्यूयोर्क प्रस्थान गर्दैछन् ।
प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल, फोटोग्राफर प्रदीप राज वन्त र मन्त्रालयका अन्य वरिष्ठ अधिकारी छन् ।
प्रधानमन्त्री दाहालले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।




