खेलकुद

न्युजिल्याण्ड विरुद्ध इंग्ल्यान्डको सानदार जित, स्टोक्सले बनाए कीर्तिमानी १८२ रन

काठमाडौं।इंग्ल्यान्डले न्युजिल्याण्डलाई १८१ रनले पराजित गर्दै चार खेलको सिरिजमा २-१ को अग्रता बनाएको छ ।

इंग्ल्यान्डलाई जिताउन बेन स्टोक्सले कीर्तिमानी १८२ रन बनाए । १२४ बल खेलेका स्टोक्सले १५ चौका र ९ छक्का प्रहार गरे । इंग्ल्यान्डका लागि ओडीआईमा एकै खेलमा सर्वाधिक रन बनाउने नयाँ कीर्तिमानसमेत स्टोक्सले बनाएका छन् । यसअघि ज्यासन रोएको नाममा १८० रनको कीर्तिमान थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ४८.१ ओभरमा सबै विकेट गुमाएर ३६८ रन बनाएको थियो । न्युजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ५ तथा बेन लिस्टरले ३ विकेट लिए ।

३६९ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले ३९ ओभरमा सबै विकेट गुमाएर १८७ रनमै अलआउट भयो । न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ७२ रन बनाए । ७६ बल खेलेका उनले ५ चौका र २ छक्का प्रहार गरे । रचिन रभिन्द्रले २८ र डारेलमिचेलले १७ रन जोडे ।

बलिङमा इंग्ल्यान्डका क्रिस वोक्स र लिएमलिभिङ्स्टोनले तीन तीन तथा रिस टोपलेले दुई विकेट लिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *