खेलकुद

जर्मनीले फ्रान्सलाई हरायो

बर्लिन । मुख्य प्रशिक्षक बर्खास्त गरे पछिको पहिलो खेलमा जर्मनीले फ्रान्सलाई पराजित गरेको छ ।

लगातार खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक हान्सी फ्लिकलाई बर्खास्त गरेको जर्मनीले त्यसपछि पहिलो खेलमै जित हात पारेको हो । जर्मनीले मैत्रीपूर्ण खेलमा फ्रान्सलाई २–१ ले पराजित गरेको हो ।

यसअघिका पाँच खेलमा जर्मनी नतिजाबिहिन भए पछि जर्मनीले मुख्य प्रशिक्षक फ्लिपलाइ बर्खास्त गरेको थियो । त्यसपछि सहायक प्रशिक्षक रुडी भोलरको प्रशिक्षणमा घरेलु मैदान सिगनल इडुना पार्कमा जर्मनीलाई मैदानमा उतारेको थियो ।

फ्रान्ससँगको मैत्रीपुर्ण खेलमा जर्मनीका तर्फवाट थोमर मुलर र लरेय सानेले गोल गरेर जीत बिहिन अवस्थालाइ टुंग्याएका हुन । सो खेलमा फ्रान्सका एन्टोनी ग्रीजम्यानले एक गोल फर्काएका थिए ।

खेलको सुरूवातीमा नै जर्मनीले जादु देखाउन सुरू गरेको थियो । खेल सुरू भएको चौथो मिनेटमै थोमस मुलरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए भने खेल सकिन लागेको बेलामा सानेले ८७औं मिनेटमा गोल गरी जर्मनीको अग्रता दोब्बर पारिदिएका हुन ।

निकै रोमाञ्चक बनेको उक्त प्रतिस्पर्धाको ८९औं मिनेटमा फ्रान्सले पेनाल्टी पायो र त्यसमा ग्रीजम्यानले गोल गरेका थिए । अन्ततः खेल २-१ जीत हासिल गर्न जर्मनी सफल भयो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *