काठमाडौँ । अर्जेन्टिनाले विश्वकप छनौट अन्तर्गतको खेलमा बोलिभियालाई पराजित गरेको छ ।
बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले बोलिभियालाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
अर्जेन्टिनाको जितमा इन्जो फेर्नानडेज, निकोलस टागलियाफिको र नोकोलास गोन्जालेजले एक एक गोल गरेका थिए ।
यस खेलमा बोलिभियाको रोबेर्टो फेर्नानडेजले खेलको ३९औं मिनेटमा रातो कार्ड पाएपछि बोलिभिया १० खेलाडी दिनमा सिमित भएको थियो ।
अर्जेन्टिनाले यस खेलमा लियोनेल मेसीलाई आराम दिइएको थियो ।
यो जितसँगै अर्जेन्टिनाले विश्वकप छनौटमा लगातार दोस्रो जित हासिल गरेको छ । त्यस्तै बोलिभियाले भने आफ्ना दुवै खेलमा हार बेहोरेको छ ।




