खेलकुद

किस प्रकरणमा फसेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्षको राजीनामा

काठमाडौँ । किस प्रकरणमा फसेका स्पेनिस फुटबल फेडेरेसनका अध्यक्ष लुइस रुबिआलेसले अन्तत: राजीनामा दिएका छन् । लुइसले आफुले आफ्नो काम गर्न नसक्ने उल्लेख गर्दै राजीनामा दिएका हुन् ।

गत अगस्त २० मा स्पेनिस महिला फुटबल टिमले विश्वकप जितेपछि जितको खुशियाली व्यक्त गर्नेक्रममा खेलाडी जेन्नी हेर्मोसोलाई किस गरेका थिए ।

यो विवादपछि उनलाई फिफाले अनुशासनको कारवाही गर्दै ९० दिनको प्रतिबन्ध समेत लगाएको थियो । तर पनि लुइसले आफुले गल्ति नगरेको भन्दै राजीनामा नदिने अडान लिएका थिए ।

अन्तत: उनले आफ्नी छोरीसँग कुरा गरेपछि राजीनामा दिने निर्णयमा पुगेको बताएका हुन् ।

पछिल्लो समय स्पेनिस फुटबल खेलाडीहरुसमेत लुइसको विरोधमा उत्रिएका थिए । अहिले हेर्मोसोले लुइसविरुद्ध अपराधिक कारवाहीको माग गर्दै मुद्धा समेत दायर गरेकी छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *