देश

हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्व छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन सम्भव नरहेको बताएका छन् । आइतबार पार्टी कार्यालय पेरिसडाँडामा हरियाली प्राकृतिक कृषि अभियान केन्द्रीय कार्यशाला गोष्ठीको कायृक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।

कार्यक्रमको प्रधानमन्त्री प्रचण्डले प्रचण्डले बिरुवामा पानी हालेर गरेका थिए । सो कार्यशाला गोष्ठीमा ३४ जिल्लाको प्रतिनिधित्व रहेको आयोजकले जनाएको छ ।

कार्यक्रमलाई उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हरित अभियानको अर्थपूर्ण र दीर्घकालीन रणनीति महत्व छ । उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म देशमा परिवर्तन सम्भव छैन ।’ माओवादी केन्द्रको पछिल्लो केन्द्रीय समिति बैठकले कृषि क्षेत्रमा क्रान्ति ल्याउने अभियानको रुपमा यो अभियानलाई सुरु गरिएको हो ।

उत्पादनमा क्रान्तिकारी परिवर्तन नल्याएसम्म परिवर्तन असम्भव रहेको बताउँँदै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणमा जाँदा सहकार्य गर्नेबारे छलफल भएको समेत जानकारी दिए । प्राकृतिक कृषिको बारेमा छलफल गर्न भारतले गरेको हरित कृषि र तेस्तो ठाउँको अध्यनका लागि नेपालमा कृषिमा काम गरेका कृषकहरूलाई भ्रमणमा पठाउने र अनुभव साटासाट गर्ने गरी सरकार लागेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *